कुवेतमा चितवन बासीको सामाजिक संस्था गठन हुँदै!!!

कर्मथलोमा बसेर आफ्नो गाउँ, समाज, नगर, जिल्ला र समग्र देशको विकासमा सहयोग गर्ने भन्दै एकजुट हुन लागेको चितवनका नबीन लोप्चन तामांगले बताएका छन |

कुवेतमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरु सग सहकार्य गरी अघि बढने र सामाजिक सेवाको लागी संस्था गठन गर्ने जानकारी गराउदै कुवेतमा कार्यरत सम्पूर्ण चितवन निबासीहरुलाई सम्पर्कमा आउन अभियन्ताहरुले अनुरोध गरेका छन | कुवेतमा चितवन बासीहरु अत्याधिक रहेको देखिएकोले एकजुट भई जिल्लाबासीहरु लगायत समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा लागी पर्ने अभियन्ताहरुले उद्घघोष गरेका छन | कुवेतमा चितवनबासीहरुको छिट्टै नै भेला गरी समाज गठन प्रक्रिया अगाडी बढाइने भएको छ |
सम्पर्क;-
नबीन लोप्चन तामांग ९७२६१५६३,
बी.बी मल्ल ठकुरी ९७७७६५१३,
सोम रसाइली ९६९००२०४,
बसन्त थापा मगर ९९३४११६२

By: Business Tentacles