नयां बर्षको शुभकामना कार्यक्रम “शुभ-कामना सॉंझ” भव्य र सभ्य रुपमा सम्पन्न


२४ अप्रैल २०२२ का दिन चितवन एड ट्रष्ट- यूके द्वारा आयोजना गरिएको बि.स. २०७९  नयां बर्षको शुभकामना आदान प्रदान कार्यक्रम “शुभ-कामना सॉंझ” भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

 

आईतबार सम्पन्न कार्यक्रममा ट्रष्टका अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षता रहेको थियो । कार्यक्रममा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरिन् । कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका प्रवक्ता सोम सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष नारायणदत्त कंडेलको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाका भूतपूर्व अध्यक्ष लोक गुरूंङ, नेपाली जनसम्पर्क समितीका अध्यक्ष यूवराज गुरुंङ,रक्तदान कार्यक्रमका संयोजक एवं संस्थाका कोषाध्यक्ष डा सुरजमणी पौडल, संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, संस्थाका सल्लाहकार एवं नेपाली समाज वेष्ट मिडल्याण्डका अध्यक्ष राम भट्टराई लगायतले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा गत १० अप्रिलमा गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने महानुभावहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने स्वेच्छिक अवकास लिएका ४ जना बोर्ड अफ डाईरेक्टर एवं ट्रष्टीहरु कपिल श्रेष्ठ,कृष्ण गुरुंङ,देवेन्द्र श्रेष्ठ,शान्ता विनोद लामिछानेलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमको बीचबीचमा नृत्य कलाकारहरु स्नेहा सिलवाल, स्नेहा देवकोटा र प्रशंसा पोख्रेलले विभिन्न सागींतिक नृत्य प्रस्तुत गरि सहभागीहरुलाई मनोरञ्जन गराएका थिए । भने गायिका स्मिता दाहालले आफ्नो सागींतिक प्रस्तुती राख्दै दर्शकहरुलाई नचाएकी थिईन् ।

भिडियोको लागी तलको लिंकमा थिच्नुहोस् ।

चितवन एड ट्रष्ट यूकेले गर्‍यो नेपाली नयाँ बर्षको “शुभकामना साँंझ” भब्य रुपले भयो सम्पन्न (हेर्नुस)

साथै सोही अवसर पारेर गृह जिल्ला चितवनमा सरकारी स्कुलमा पढ्ने एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने १ जना छात्र र १ जना छात्रा गरि दुई जना जेहेनदार विद्यार्थीलाई नगद १ / १ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने र आगामी ३ जुलाईमा बार्षिक साधारण सभाको आयोजना गर्ने जानकारी समेत गराईएको थियो । 

कार्यक्रमको अन्त्यमा, संस्थाका अध्यक्ष रितेश राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नयाँ वर्षको शुभकामना समेत व्यक्त गरे । त्यस्तै उपाध्यक्ष टि एन रिजालले धन्यवाद मन्तव्य सहित नयाँ वर्षको शुभकामना दिएका थिए । संस्थाका उपाध्याक्ष रघु दाहालको स्वागत मन्तव्य सगैं सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव रमेश श्रेष्ठले गरेका थिए । दोश्रो चरणको कार्यक्रम कृष्ण तिवारीले सञ्चालन गरेका थिए ।

 

Please Clic for the Video of the program