Free Health Camp


चितवन एड ट्रष्ट-यूके ले आईतबार २२ बैशाख २०८० (६ मे,२०२३) राईनो क्लब नारायणगढको संयोजनमा चितवन भरतपूर महानगरपालिका वडा नम्बर -१६ अन्तरगत पर्ने श्री मावी, ढड्डाघारीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो । 

 ६५० जनाले शिविरमा स्वास्थ्य परीक्षण गर्नु भएको थियो । उत्त शिविरमा नेशनल सिटी हस्पिटलका स्त्री रोग बिशेषज्ञ डा. निर्मला लक्ष्मी श्रेष्ठ, हाड तथा नशा रोग विशेषज्ञ डा. सुदिपमान बैध, जनरल फिजिसियन / ग्याष्ट्रो डा. बरूण श्रेष्ठ, मुटुरोग बिशेषज्ञ/सर्जन डा. निर्मल लामिछानेद्वारा स्वस्थ्य परीक्षण गरिएको थियो भने आशिर्वाद डेन्टल क्लिनिकका डा आदर्श श्रेष्ठद्वारा दंत परामर्श गरिएको थियो । 

 

उक्त स्वास्थ्य शिविरमा प्रत्यक्ष रूपमा ६५ जनाले दंत परिक्षण, ७५ जनाले निःशुल्क चश्मा र २० जनालाई मोतिबिन्दूको शल्यक्रियाको लागी आजै आंखा अस्पताल लगिएको थियो भने अन्यलाई स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि उपलव्ध गराईएको थियो । स्थानिय समाजसेवी एवं करिव १० बर्ष सम्म बिध्यालय संचालक समितिमा रहि बिधालयमा सेवा पुर्याउनु भएका भूतपुर्व अध्यक्ष श्री शंख कुमार श्रेष्ठ र वहॉंका धर्मपत्नी श्रीमती बिष्णु कुमारी श्रेष्ठ जो क्याटका महासचिब रमेश श्रेष्ठका माता पिता पनि हुनुहुन्छ वहॉंले आफन्नो ८४ पुन्य पूजाको अवसर पारेर शिविरमा सहयोग पुर्याउनु हुने सबैलाई दिवा खाना, पानी साथै चिया नास्ताको सौजन्य गर्नुभएको थियो । 

 चितवन एड ट्रष्ट-यूकेका महासचिव श्री रमेश श्रेष्ठले संस्थाको बारेमा परिचय दिनुहुंदै शिविर स्थान र जनमानस समक्ष यस कार्यक्रमको वारेमा जानकारी साथै जन-मानसमा सूचना प्रवाहमा  सहयोग गर्नुहुने श्रीमावी का प्रधानाध्यापक गोविन्द प्रसाद सुवेदी एवं शिक्षक-शिक्षिकाहरू, स्यम सेवकहरू सबैलाई धन्यबाद दिनुभएको थियो भने आवश्यक परामर्श र सूचना प्रवाहमा प्रत्यक्ष सहयोग गर्नुहुने भ.म.न. पा. १६ वडाका गाविस अध्यक्ष श्री अम्रित राज हमालज्यूलाई पनि धन्यवाद दिनुभयो  । स्वास्थ्य शिविर संचालन गर्नको लागि महत्वपूर्ण समन्वयात्मक भूमिका निर्वाह गर्नुहुने राईनो क्लव अफ चितवनका अध्यक्ष श्री भरत श्रेष्ठ एवं वहॉंहरूको टिम सबैलाई धन्यवाद दिंदै वहॉंहरूको सहयोग बिना यो कार्यक्रमको संचालन गर्न सम्भव नहुने भन्दै आभार व्यक्त गर्नु भयो । त्यसैगरि आफ्नो अमूल्य समय निकालेर अति विपन्न, दुखि-विरामीहरूको सेवामा निशुल्क सेवा प्रदान गर्न आउनु भएका  स्वास्थ्यकर्मीहरू सबैलाई चितवन एंड ट्रष्ट-यूके को तर्फवाट धन्यवाद दिनु भएको थियो। अन्त्यमा , चितवन एड ट्रष्ट-यूकेलाई आर्थिक सहयोग गर्नुहुने  वेलायत बसोवासरत  सम्पूर्ण मनकारीमनहरूलाई धन्यवाद दिदै वहॉंहरूको व्यक्त गर्नुभएको कार्यक्रम सफलताको सुभेक्षाको लागी नमन गर्न चाहन्छु भन्नुभयो ।

उक्त कार्यक्रममा राईनो क्लव नारायणगढका पूर्व अध्यक्ष बद्रीलाल प्रधान, पूर्व अध्यक्ष पुष्प श्रेष्ठ, पूर्व अध्यक्ष माला श्रेष्ठ, सचिव छॉंया श्रेष्ठ, आजिवन सदश्य शेखर श्रेष्ठ, नेशनल सिटी हस्पिटलका प्रवन्धक बिक्रम अधिकारी, समाजसेवीहरू ऋषिराज पाण्डे, रामचन्द्र श्रेष्ठ, शंखकुमार श्रेष्ठ, गोपाल भण्डारीको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बडा अध्यक्ष श्री अम्रित हमाल, राईनो क्लवका सॉस्थापक अध्यक्ष श्री जयराम श्रेष्ठ, राईनो क्लवका वर्तमान अध्यक्ष श्री भरत श्रेष्ठले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन आजिवन सदश्य रोहित श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा चितवन एड ट्रष्ट यूकेको तर्फवाट संस्थाका अध्यक्ष श्री रितेशराज पाण्डे, भूतपुर्ब अध्यक्ष श्री हिमाल गुरूंग र महासचिव रमेश श्रेष्ठले राईनो क्लबका अध्यक्ष श्री भरत श्रेष्ठलाई रू १ लाखको सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।