Financial Help - Annapurna High School, Parbatipur


भरतपुर चितवन सहायता कोष युकेले अन्नपूर्णा सेकेन्डरी स्कुल भरतपुर२१, पार्वतीपुरका कक्षा ११ १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न एक लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको

सो संस्थाको तर्फबाट अध्यक्ष रितेशराज पाण्डे, महासचिव रमेशकुमार श्रेष्ठ पूर्वअध्यक्ष हिमाल गुरूङले अक्षयकोष स्थापनाका लागि सहयोग गरेका हुन्

चितवन सहायता कोष युकेका तर्फबाट अध्यक्ष पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेललाई एकलाख रुपैयाँको चेक हस्तान्तरण गरे कार्यक्रममा छात्रवृत्ति रकम उपलब्ध गराउने प्रक्रियामा विशेष भूमिका निर्वाह गर्ने भरतपुर२१ का वडाध्यक्ष कृष्णकुमार गुरूङ, वडा सदस्यहरु, समाजसेवी टीकाराम दाहाललगायतको सहभागिता रहेको थियो

अक्षयकोषको रकम बैंकमा राखी प्राप्त व्याजमध्ये ७० प्रतिशत रकम छात्रवृत्ति ३० प्रतिशत रकम मूलधनमा राखिने विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङले जानकारी दिए