श्री राजन भट्टाचार्यलाई चितवन सहायताकोष


चितवन स्थित राप्ति नगरपालिका-६,
भण्डारा माध्यमिक विधालयका भूतपुर्व बिधार्थी श्री राजन भट्टाचार्यलाई चितवन सहायताकोष, यूकेद्वारा संस्थाका उपाध्यक्ष श्री राजु आचार्यको सकृयतामा संकलन गरिएको रकम रू. २ लाख २ हजार यस संस्थाका पूर्बअध्यक्ष श्री हिमाल गुरूगले विधालयका भूतपूर्व बिधार्थी समाजद्वारा गत २४ श्रावण २०७८ का दिन आयोजित एक समारोह विच हस्तान्तरण गर्नुभयो । भट्टाचार्य कम्मरको समस्याको कारणले विरामी भई लामो समय देखि उपचारार्थ हुनुहुन्छ । उक्त अवसरमा पूर्वअध्यक्ष श्री गुरूगले क्याट यूके को सानो सहयोगले वहॉंको उपचारमा केहि हदसम्म भएपनि राहत मिल्ने वताउंदै वहाको सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भयो ।

स्मरण रहोस, चितवन सहायता कोष यूकेले विगत १ दशक भन्दा बढि समयदेखि चितवनका विभिन्न स्थानमा स्वास्थ्य एवं शिक्षा संग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आउनुका साथै आर्थिक अवस्था कमजोर भएका चितवनवासीहरूलाई वेला-वेलामा आर्थिक सहयोग समेत गर्दै आएको छ यसको प्रत्यक्ष लाभ चितवनका विपन्न बर्गले प्राप्त गरिरहेका छन्।