चितवन निवासी स्टाफ नर्स प्रमिला अधिकारीलाई सहयोग


६ अक्टोबर, २०२१,

भेरी जोनल अस्पतालमा कार्यरत कोभिड वार्डका स्टाफ नर्स चितवन निवासी बैनी प्रमिला अधिकारीको औषधोपचार खर्चमा चितवन एड ट्रष्ट यूके ले रू २५०,६२८.८२ सहयोग गरेको छ । वहॉंको कोभिडको कारण आंखामा संक्रमण भएर आंखा नदेख्ने भई भारतमा उपचार गरिरहनु भएको छ ।

फण्ड रेजिंग कमिटीका संयोजक संस्थाका उपाध्यक्ष श्री राजू आचार्यले कार्यसमिती निर्णयलाई सहर्ष स्विकार गरि सहयोग गर्नु हुने मनका धनि सम्पूर्ण सबैलाई धेरै धेरै धन्यवाद दिन दिनु भएको छ ।यो सानो सहयोग रकम वहॉंको औषधोपचारमा केहि हदसम्म भए पनि सहयोग पुग्ने छ भन्ने हामीले आषा राख्दै वहॉं छिट्टै नै फेरी पहिले जस्तै आंखा देख्न सक्नु हुनेछ भन्नेमा बिश्वस्त छौ र हामी सबै यहि कामना गरौं, श्री आचार्यले भन्नुभयो ।

कार्यसमिती सदश्य दिपेन्द्र अधिकारीले सहयोग संकलनमा बिषेश भूमिका खेल्नु भएको थियो । त्यसैगरि, आई एम ई लण्डनका प्रबन्धक, क्याट यूकेका सल्लाहकार श्री कमल पौडेलज्यू जसले उठेको रकममा ०.७% थपेर बैनी प्रमिला अधिकारीको खातामा जम्मा गरि दिनु भएको थियो ।

चितवन एड ट्रष्टका अध्यक्ष श्री रितेशराज पाण्डेले आगामी दिनहरूमा पनि यहॉंहरूको सहयोग रहि रहने छ भन्ने पूर्ण आषाबादी छौं भन्नुभयो ।