नेपाल जर्नि अपॉंगमैत्री सार्वजनिक पुस्तकालयलाई चितवन एड ट्रष्ट, यूके द्वारा रू १० लाख सहयोग ।


मंगलवार, नोभेम्बर १६, २०२१

चितवन एड ट्रष्ट, यूकेले रु १० लाख नेपाल जर्नि अपॉंगमैत्री सार्वजनिक पुस्तकालय भवन निर्माणको लागी सहयोग प्रदान गरेको छ ।

नेपाल जर्नि टिम यूकेका यादव श्रेष्ठ,  राजु आचार्य, बिष्णु लामिछाने, खिमलाल गौतमको पहलमा चितवन एड ट्रष्ट-यूकेले च्यारिटी कार्यक्रम मार्फत जम्मा गरेको रू १० लाख भवन निर्माणार्थ सहयोग प्रदान गरेको हो । कार्यक्रममा चितवन एड ट्रष्ट- यूकेका संस्थापक अध्यक्ष श्री कपिल श्रेष्ठको उपस्थिती रहेको थियो । कार्यक्रममा CAT-UK का अध्यक्ष श्री रितेशराज पाण्डेले परियोजनाको सफलताको कामना गर्दै आगामी दिनहरूमा  पनि सहयोग र साथ रहने बताउनु भएको थियो ।  पुस्तकालय संचालन र व्यवस्थापनमा बेलायतमा रहेका संस्थाहरूको समन्वयमा स्किल ट्रान्सफर परियोजा मार्फत प्राविधिक सहयोग उपलव्ध गराउन पहल गरिने, नेपाल जर्नी बेलायतका परियोजना संयोजक यादब श्रेष्ठले बताउनु भएको भयो।

पुस्तकालयको शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरका तर्फबाट २५ लाख रूपैंया सहयोग प्रदान गर्ने घोषणा गरिन  । यो पुस्तकालय नेपालकै नमूना भव्य, व्यवस्थित र बहूआयामिक हुने नेपाल जर्नि संस्थाकी अध्यक्ष तथा पुस्तकालय परिकल्पनाकार मौसमी श्रेष्ठले बताउनु भएको थियो ।  ५ करोडको लागतमा २ बर्ष भित्र सक्ने गरि निर्माण हुन लागेको पुस्तकालय नेपालकै नमुना हुने विश्वास लिईएको छ । पुस्तकालय भूईतला र १ तला गरि ८ हजार स्क्वाएर फिटमा निर्माण हुनेछ ।

नेपाल जर्नी संस्थाको शैक्षिक परिकल्पना, अपांगमैत्री सार्बजनिक पुस्तकालय स्थापना भन्ने मूल मन्त्रका साथ निर्माण थालेको यो पुस्तकालयमा कम्प्युटर ल्याब, बुक सेक्सन, योग हल, वेटिङ कक्ष, अध्ययन कक्ष, सेमिनार हल र अत्याधुनिक प्रोजेक्टरहरु लगायत विभिन्न युनिभर्सिटीका नयाँ तथा पुराना पुस्तकहरु हुनेछन । भवनमा एलिभेटरको माध्यमबाट सजिलै तलमाथि जान सकिनेछ ।